दशैँ खर्च वापतको भत्ता आश्रम र बिरामीलाई हस्तान्तरण गर्दै कर्णालीकि उपसभामुख घर्ती



खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले दशैं खर्च वापतको आफुले पाउने रुकम आश्रमलाई हस्तन्तरण गर्ने भएकी छन् । प्रदेश सभा सचिवालयबाट प्राप्त भएको पचास हजार विभिन्न आश्रमलाई नगद वितरण गर्ने उनको भनाइ रहेको छ।विष्टले पाएको दशैँ भत्ता वीरेन्द्रनगरमा रहेको प्रशान्त वृद्धाश्रमलाई नगद १० हजार र मानव सेवा आश्रमलाई बीस हजार नगद हस्तान्तरण गर्ने जानकारी दिइन् ।

No description available.

यस्तै, काठमाडौंमा डायलाइसिसको उपचार गराइरहेका कालिकोटको रुप्साको अभियान नाम भएका युवालाई दश हजार र जाजरकोटका पूर्व माओवादी सम्वद्ध कार्यकर्ता प्रभात चलाउनेलाई दश हजार वितरण गर्न लागेको विष्टको भनाई छ ।उनका अनुसार प्रभातको आर्थिक अवस्था दयनीय भएको र उनी दुर्घटनामा परेर घाइतेसमेत भएकाले आर्थिक सहायता गर्न लागेको जानकारी दिइन् ।

No description available.

उपसभामुख पुष्पा घर्ती (बिष्ट)ले आफुले पायको दशै खर्च (भत्ता) को रु ५००००। (पचास हजार) मध्य १५००० मानबसेवा आश्रम सुर्खेत, रु १५००० प्रशान्ती बृद्धआश्रम, रु १०००० पुर्ब जनमुक्ति सेनाका घाइते कमरेड अभियान र रु १०००० पत्रकार महासङ का पुर्ब केन्द्रिय सचिब प्रभात चलाउने लाई हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो ।

गरिव दिनदुखी अशक्त भोका नागरिकहरुलाई पहिलो प्राथमिकता राखेर उनिहरुको स्वास्थ्य शिक्षा र गासबासको लागि उचित व्यवस्थापन गर्नमा आफू अग्रसर भएर अगाडि बढेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्