प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरूद्ध चार उजुरी दर्ता



काठमाडौं । सरकारले अमेरिका र बेलायतका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेका छन् । प्रतिनिधिसभा संसद सचिवालयका अनुसार अमेरिकाका लागि राजदूत सिफारिस गरिएका डा. युवराज खतिवडा र बेलायतका लागि सिफारिस गरिएका लोकदर्शन रेग्मीमाथि चार वटा उजुरी परेका हुन्।

सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

उजुरीकर्तलाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आह्वान गर्ने निर्णय भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्