नक्कली नोटसहित तीन जना पक्राउ



काठमाडौं । दाङ प्रहरीले नक्कली नोभटसहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ । अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्