राष्ट्रिय खेलाडी कल्याणकारी कोषद्धारा सीतालाई उपचार सहयोग



काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो ।

कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

सीताको प्रशिक्षणका दौरान घुडामा चोट लागेको थियो । डा. सरोज राईको नेतृत्वमा उनको शल्यक्रिया पनि भइसकेको छ । सीतालाई आइतबार डिस्चार्ज पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्