४८ विभागको जिम्मा पाएपछि पोखरेल दंग, पूर्व माओवादी रुष्ट



केही समय अगाडी मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद हेरफेरका क्रममा जिम्मेवार बिहिन बनाइएका इश्वर पोखरेललाई प्रधानमन्त्री मार्फतका ४८ वटा विभाग प्रमुखको जिम्मेवारी थपिएको छ ।

ईश्वर पोखरेलले रक्षा मन्त्रालय, सेना र कोभिड–१९ सम्बन्धी काम मात्रै हेर्दै आएका थिए । यसअघि प्रधानमन्त्री केपी ओलीले सम्हाल्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतका ४८ विभाग तथा निकायको हेर्ने काम पोखरेलले पाएका छन् ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४८ वटा कामका क्षेत्र निर्दिष्ट गरेको छ । प्रदेशको समन्वय, मन्त्रालयको समन्वय, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय गौरवका आयोजना, राजश्व विभाग प्रधानमन्त्री कार्यालयमै छन् ।

यस्तै, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, नेपालको ट्रस्टको कार्यालय, गरिबी निवारण कोष, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत शक्तिशाली निकाय उनले नै हेर्न पाउने छन् ।

अब यी सबै निकाय हेर्ने जिम्मेवारी पोखरेलको काँधमा आएको छ । हिजोसम्म रक्षा मन्त्रालय मात्रै हेर्दै आएका पोखरेलले यस्ता निकाय हेर्ने जिम्मेवारी पाएपछि झन् शक्तिशाली बनेको नेकपा नेताहरुले नै बताउन थालेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत बिहीबार सामाजिक सञ्जालमा यही आशयको स्टाटस लेखेका छ ।
प्रधानमन्त्री ओली सिंहदरबार कार्यालय नगएको सात महिना बितिसकेको छ । अब प्रधानमन्त्री कार्यालयमा बसेर उपप्रधानमन्त्री पोखरेलले शासन चलाउने छन् भने त्यसको मनिटरिङ गर्ने काम प्रधानमन्त्री ओलीले गर्नेछन् ।

प्रधानमन्त्री ओलीले अर्थ, गृह, रक्षा मन्त्रालयअन्तर्गत रहेका केही शक्तिशाली विभागहरु आफ्नो कार्यालय मातहत ल्याएका छन् ।

प्रधानमन्त्री ओलीले आफैले हेर्दै आएका उक्त विभागहरुको जिम्मा पोखरेललाई दिलाएर अझ शक्तिशाली बनाइएको पूर्व एमालेहरुको भनाई रहेको छ ।

पूर्व माओवादी खेमाका केही नेताहरुले भने यसबारेमा व्यापक आक्रोश व्यक्त गरेका छन् । नेकपाका केन्द्रीय सदस्य पूर्व माओवादीका एक नेताले परिवर्तन खबरसँगको कुराकानीमा भने अनुसार यो पूर्ण रुपमा प्रधानमन्त्रीको एकलौटी निर्णय हो । पार्टीको कुनैपनि निकायमा छलफल गरिएको छैन। प्रधानमन्त्री ओलीले हालसम्म गरिएका कतिपय राजनीतिक नियुक्तिहरु त्रुटिपूर्ण रहेको भनेर पार्टीको थाई कमिटीमा विवाद बढिराखेकै बेला अर्को निर्णय गर्नु दुखद कुरा हो । यसैगरी सधैँ मनोमानी र एकलौटी ढगंले पार्टीको नितिविधि विपरित काम गर्दै जाने हो भने कसरी जनताले विश्वास गर्छन् ? पार्टीको ८ लाख सदस्यहरुमध्ये अरु कुनै पार्टीमा सक्षम नै छैनन् त ?न् ।

प्रतिक्रिया दिनुहोस्