डा. राजन भट्टराईद्वारा आफ्नो पहलमा निर्माणाधीन बूढानीलकण्ठका विभिन्न परियोजनाहरुको स्थलगत अनुगमन



प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार, नेकपाका युवा नेता तथा विकासवादी नेता डा. राजन भट्टराईले आफ्नो पहल र सक्रियतामा निर्माण चरणमा रहेका विभिन्न परियोजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।

 काठमाडौ क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०,११ र १२ मा प्रत्यक्ष प्रभाव पार्ने आकासेधारा ह्यान्डबल चौर अगाडिको बाटोमा भईरहेको ढलान बाटो र कपन आनीगुम्बा डुबानको समस्या समाधानको लागि निर्माण हुदै गरेको सेर वाल तथा स्ल्याब ढलानको समेत अनुगमन गरे ।

 विकासवादी नेता डा. भट्टराईको कारण अब आनीगुम्बा डुवान समस्या समाधान सधैंको लागि समाधान भएको बूढानीलकण्ठ-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्