‘रोटरी क्लब अफ पशुपति–काठमाडौँ’ द्वारा खाद्यान्न वितरण सहित दशैँ शुभकामना आदान प्रदान



रोटरी क्लब अफ पशुपति–काठमाडौँ तथा रोट्रयाक्ट क्लब अफ पशुपति काठमाडौँद्धारा जितपुर फेदीमा अवस्थित मात्री बाल गृहमा रहेको लगभग १९ जिल्लाका ३० जना अनाथ बालबालिकाहरुलाई २०७७ कार्तिक १ गते शनिबार घटस्थापनाको दिन खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष रो.शालिक अधिकारीले विगत १२ बर्षदेखि उक्त संस्थालाई खाद्यान्न वा फलफूल वितरण गरी राखेको र यो बर्ष पनि यसलाई निरन्तरता दिएको जानकारी दिएका थिए । उक्त कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष रो.हर्क साउद, पूर्व अध्यक्ष तथा ए.जि.रो दुर्गा सुवेदी तथा पूर्व अध्यक्ष रो.गोपाल पोख्रेल तथा वर्तमान अध्यक्ष शालिक अधिकारीले दशैँको शुभकामना पनि दिएका थिए । साथै उक्त संस्थाका अध्यक्ष श्री नरबहादुर राउतले दशैँको शुभकामना तथा रोटरी क्लब अफ पशुपति–काठमाडौँ लाई धन्यवाद दिएका थिए ।

त्यसैगरी रोटरी क्लब अफ पशुपति काठमाडौँले आफ्नो ११०० औँ ऐतिहासिक मिटिङ रोट्रयाक्ट क्लब अफ पशुपति काठमाडौँसँग मिलेर भव्य रुपमा सम्पन्न गरेको छ । उक्त ११०० औँ मिटिङलाई दशैँको शुभकामना आदान प्रदानसँगै एकजना नयाँ सदस्यलाई आफ्नो क्लबमा भित्र्याएको छ । उक्त मिटिङमा नयाँ सदस्य अधिवक्ता शिव बहादुर भुजेललाई क्लबका पूर्व अध्यक्ष तथा ए.जी. दुर्गा सुवेदीले इन्डक्ट गराएका थिए ।

साथै क्लबको ११०० औँ ऐतिहासिक मिटिङको अवसर पारेर मासिक पत्रिका द बाग्मती प्रकाशन गरेको छ । उक्त मासिक पत्रिकामा हरेक महिनामा क्लबले गर्ने कार्यक्रमहरु समेटेर प्रकाशन गरिएको छ । उक्त पत्रिका प्रकाशन गर्न दक्षिण कोरियामा बस्ने क्लबका रो. अनित थपलियाले सहयोग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्