सुतिरहेका दम्पत्तिमाथि आधा रातमा धारिलो हतियार प्रहार



रौतहटमा बस्ने ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि सुतिरहेको बेला धारिलो हतियार प्रहार भएको छ ।

इो घटना हिजोराति मात्र घटेको हो । धारिलो हतियार प्रयोग हुदाँ हरेन्द्रको दाहिने कानको छेउमा र श्रीमती शिला देवीको दाहिने पाखुरामा चोट लागेको छ ।

घटना घट्ने बित्तिकै उनीहरुलाई उपचारको लागि विरगञ्ज लगिएको छ । के कारणले कसले उनीहरुमाथि आक्रमण गरे त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्