प्रधानमन्त्री ओली भन्छन्, ‘देशमा गरिबी अन्त्य गर्न सरकार लागिपरेको छ’



प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्न सरकारले निरन्तर कोशिस गरिरहेको बताएका छन् ।

 उनले आज अन्तराष्ट्रिय गरिबी निवारण दिवसको सबैलाई शुभकामना दिदैँ गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छन् ।

उनले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न सरकार सक्रिय रहेको जानकारीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्