चाडपर्व मनाउँदा सिङ्गो पार्टी पंक्ति र जनताको बिचमा गई कोभिड १९ को बारेमा सचेत गराउन अध्यक्ष दाहालको निर्देशन



हिन्दुहरुको महानचाड अर्थात परम्परागत रुपमै मनाउदै आएको बडादशै, शुभ दिपावली तथा छठ पर्व मनाउदा बिशेष साबधानीका साथ मनाउन बागमती प्रदेशको शिङगो पार्टी पंक्ति, जनप्रतिनिधि र जनताको बिचमा गई कोभिड १९ को बारेमा सचेत गराउन निर्देशन दिएको छ ।

आज एक शुभकामना सन्देश मार्फत बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले जीवन रहे भबिष्यमा सबै कुरा पाउँछौं, चाडपर्वहरु हरेक बर्ष आउँछन तर जीवन गुम्यो भने फेरी पाउन सकिदैन । त्यसैले यस बर्षका चडपर्वहरु मनाउदा बाँच्ने र बचाउने कुरा बिशेष महत्व छ । हामी सबैले म कोरोना भाईरसबाट बच्छु र अरुलाई पनि बचाउँछु भन्ने मान्यताका साथ नेपाल सरकार, बिस्व स्वास्थ्य संगठनले अबलम्बन गरेका सुरक्षाको नियमहरुलाई स्वअनुशासनको रुपमा अपनाउँन आफू र अरुलाई सचेत गराई परम्परागत ढंगले होईन नयाँ विकसित परिस्थितिलाई ध्यान दिएर नयाँ शैलीमा रम्ने र रमाईलो गर्न आबस्यक रहेको बताएका छन ।

सबैखाले चाडपर्वहरु बडा दशैं, तिहार, छट पर्व , र नेपाल सम्बत लगाएत बिभिन्न जातजातीका पर्वको उपलक्ष्यमा सबै जनताको सु स्वास्थ्य , उन्नती र प्रगतीको सुभकामना ब्यक्त गर्दै अहिले आफुहरु नयाँ नेपालको निर्माणको चरणमा रहेको समेत सुभकामना सन्देशमा जनाईएको छ । संघियता , गणतन्त्र , सामाजिक न्याय , धर्मनिरपेक्षता , समानुपातिक समाबेशिताको मान्यतालाई इमान्दारिताका साथ संस्थातग गर्दै उन्नत समाजको योजना बैज्ञानिक समाजवाद तर्फ देशलाई अगाडी बढाउन पहलकदमी लिन सबै नेता कार्यकर्ताहरुमा निर्देशन समेत दिदै सबैमा शुभकामना ब्यक्त गरेका छन ।

प्राकृतिक नियम गडबड भए सबै ध्वस्त हुनसक्ने भन्दै मानब जाती, पार्टी, संघसंस्था पनि विधि र पद्धतीमा चल्न जरुरी भएको बताउदै यदि विधि, बिधान, पद्धती र सहमतीलाई छोड्यौ भने सबै कुरा गडबडहुुने सकेत सुभकामना सन्देशमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्