प्रहरी हवल्दार दम्पती ४ लाख घुससहित पक्राउ



बुटवल । धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिँदालिँदै प्रहरी हवल्दारका श्रीमान् श्रीमती अख्तियारको फन्दामा परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

धरौटीमा छुटाईदिन सहयोग गरेवापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्