‘प्रहरीलाई अगाडि बढ्न प्रदेश सरकारले समन्वय गर्ने छ’ : मुख्यमन्त्री राउत



जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । प्रदेश २ मा बलात्कारसहित अन्य आपराधिक घटना मौलाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रहरीले अपराधीको मानसिकता नै परिवर्तन गर्ने समय आएको बताए ।

‘अपराध गर्नेको मनोबल बढेकोले अपराध गर्नेलाई कसरी दण्ड दिने तर्फ प्रहरी लाग्ने समय आएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘बलात्कार र दलितमाथि हिंसा बढेकोले अपराध न्यूनीकरण गर्न रणनीति बनाएर प्रहरीलाई अगाडि बढ्न प्रदेश सरकारले समन्वय गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्