प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : ठूला भ्रष्टाचारको छानविन गर्न कसले रोक्यो ? कुरा होइन काम गरेर देखाउनुस् !



काठमाडौं । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, हामि त्यस्तो गैह्रजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ ।

आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने– ‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’

तर प्रधानमन्त्रीले यसो भनेको एक घण्टा नवित्दै डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु…’ भट्टराईको भनाइ छ ।

डा.भट्टराईले गत साता बूढीगण्डकी परियोजनामा प्रम ओली, पूर्वप्रमहरु प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्