नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी जवान भर्ना गरिदैं



काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्धारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो ।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ । अरु समावेशीतर्फ छ । समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ । महिलातर्फ चार सय ४१ जना मागेको छ ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ । दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ । कक्षा आठ वा सो सरह पास गरेकोल फारम भर्न पाउँछन् ।

उचाइ हकमा घटीमा पनि पाँच फिट दुई इन्च र ताौल ५० केजी हुनुपर्नेछ । यस्तै महिलाका हकमा पाँच फिट र तौल ४२ केजी हुनुपर्नेछ ।

१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्