निर्मला प्रकरणमा मुछिएका डिएसपी जिसीको निलम्बन फुकुवा



काठमाडौं । कञ्जनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ ।

गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो ।

निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए।

गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्