काठमाडौंको सोह्रखुट्टेमा ग्यास विस्फोट, ४ जना घाइते



काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको छ । परी ४ जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको महानगरी प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घाइतेहरुको खुट्टामा पोलेको र उनीहरो सोह्रखट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । अहिले घटनास्थलमा दमकल र प्रहरीको टोलीले आगो निभाइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्