नवनियुक्त मन्त्रीहरुको शपथ आज, प्रचण्डलगायतका नेताहरु सहभागी नहुने



काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपगग्रहण आज हुँदैछ । राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार बिहान साढे ११ बजे हुने शपथ ग्रहणको तयारी पूरा भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको शपथ समारोहमा सहभागी नहुने भएका छन् ।

कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

यस्तै झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन्, भने प्रचण्ड र नेपाल कोरोनालाई कारण देखाउँदै शपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

‘कोरोना माहामारी छ, यस्तोबेला भिडभाड गर्नु राम्रो होइन,’ दुवै नेता निकट स्रोतले भन्यो, ‘नजाँदा खासै फरक नपर्ने देखेर नजाने निष्कर्षमा पुग्नुभएको हो ।’

मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असुन्तिष्टि जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्