मृत अवस्थामा फेला



काठमाडौं । झापा, कन्काई नगरपालिका-३ बस्ने २२ वर्षीय अभिषेक चौधरी सोही ठाउँस्थित सुरुङ्गा खोला नजिकैको बाँसघारीमा मृत अबस्थामा फेला परेका छन् ।

उक्त घटनाको थप अनुसन्धानका लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-१ ओखरबोट बस्ने ३७ वर्षीय गोपी बहादुर थामी घरदेखि करिब १ सय ५० मिटर टाढा सिंगटीस्थित बाटोको नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्