
बर्दिया । बढैयाताल गाउँपालिका-१ सानो डाँफेस्थित बाटोबाट वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले लोड भएको अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





