
काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजे राजकुमारसहितको टोलीलिे मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ ।
राजकुमारसहित उक्ता आरोहण टोलीमा ५० जना थिए । गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए ।
यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए ।





