काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता



काठमाडौं । विद्युतीय शवदागृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदागृह निर्माण हुनेछ । महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवदाहगृह निर्माणको सम्झौता गरिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए । अहिले दैनिक ३५ देखि ४५ वटा शवदाहन हुने गरेकोमा २० वटा विद्युतीय गृहमा दाह गर्ने गरिएको छ । लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्