दलित हत्याको विषयलाई लिएर सांसद अमरेशकुमारको टोली र प्रहरीबीच झडप, प्रहरीसहित एक दर्जन घाइते



काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ ।

प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन् । गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो ।

टोल(टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको थियो । त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।

बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा सिसा फुटेका छन् ।

‘हाम्रो तर्फबाट भीड नियन्त्रण गर्न लाठी चार्ज भएको छ,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले भने।

प्रतिक्रिया दिनुहोस्