वामदेवविरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ नहुने



काठमाडौं । राष्ट्रियसभामा मनोनीत गरेको विषयमा वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ बुधबार(आज) पनि नहुने भएको छ । आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश ज.ब.रा.ले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्