कर्णाली विवाद मिलाउन ओली र प्रचण्डबीच बालुवाटारमा छलफल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रका आन्तरिक समस्या सुल्झयाउन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लागातार छलफल भइरहेको छ ।

मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी काम सक्ने विषयमा दुई नेताबीच सहमति नहुँदै कर्णाली प्रदेशको विवाद निस्किएपछि केही दिनयता नेताहरु अन्य विषय छाडेर कर्णाली प्रदेशको विवाद मिलाउन लागि परेका थिए ।

मंगलबार दुई नेताबीच कर्णालीको समस्या समाधानका लागि प्रदेश पदाधिकारीहरुलाई असोज २९ गते काठमाडौ झिकाएका दुई नेताले सो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा बुधबार बिहान पनि छलफल गरेका छन् ।

बुधबार बिहान सवा नौ बजेदखि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले छलफलको विषयबारे आफूलाई धेरै कुरा थाहा नभएपनि पार्टीभित्र देखिएका समस्याका विषयमा कुराकानी भएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्