भारतको आन्ध्र प्रदेशमा भारी वर्षा, ७ जनाको मृत्यु



काठमाडौं । भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुवानले कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले जनाएको छ ।

हैदराबादमा मंगलबार दिउँसो सुरु भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्जार माध्यमहरुले जनाएका छन् ।

भारी वर्षाले तेलंगनाको मेडचल मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । ती क्षेत्रका सडक नदी जस्तेै बनेका छन् । हैदराबादमा भएको यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्