नेकपाका प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक गुरुङले आइतबार पीसीआर परीक्षण गराएका थिए । उनको परीक्षण नतिजा पोजेटिभ आएको जनाइएको छ ।

गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आइनसकेको गुरुङको सचिवालयले जनाएको छ । पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्