आँखाको आँशु पुछ्दै किम जोङ उनले जनतासँग मागे माफी



काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना नागरिकहरुको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका छन् । गत शनिबार भएको वर्कस पार्टीको ७५औं वार्षिकोत्सवका सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए । सोही क्रममा उत्तर कोरियाली जनतासँग माफी मागेका थिए ।

आँधीबेरीले पु¥याएको क्षति र कोरोना भाइरसको महामारी फैलिनबाट रोकेकोमा किमले कार्यक्रममा सहभागी हजारौं सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

किम भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ राज्यद्वारा सञ्चालित एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो। टेलिभिजनद्वारा सर्वजनिक भएको भिडिओमा कतिपय दर्शक समेत रोएको देखिन्छ।

किमले उत्तर कोरियालीहरू एक जनामा पनि संक्रमण नदेखिएकोमा आफू कृतज्ञ भएको बताएका थिए। जुन दाबी अमेरिका र दक्षिण कोरियाले शंका गर्दै आएका छन्।

हाम्रा जनताको जीवनमा आइपरेका कठिनाइबाट मुक्त गराउन मेरो प्रयास र इमान्दारिता पर्याप्त भएको छैन, उनले उक्त कार्यक्रममा भाषण दिदैं भने, यद्यपि हाम्रा जनताले सधैं विश्वास र पूर्ण भरोसा गरेका छन् । जे जस्तो भए पनि मेरो छनोट र संकल्पको समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्