ओली भेट्न बालुवाटार पुगे प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

केहीबेर अघिमात्रै बालुवाटार प्रवेश गरेका प्रचण्ड र ओलीबीच कर्णाली प्रदेशमा आएको समस्या र त्यसको दीगो समाधान खोज्ने विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध गत आइतबार ओली पक्षका प्रदेश सांसदको अगुवाइमा अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली र प्रचण्डबीच खटपट सुरु भएको थियो । यद्यपी यसबारे अर्का नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव फिर्ता दिन सहमति जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्