सामाजिक दुरीको वेवास्ता गर्दे सर्यौलाई पार्टी प्रवेश गराउँदै बाबुरामसहित जसपा शीर्ष नेता



काठमाडौं । कोरोनाभाइरसको संक्रमणका दौरान सामाजिक दुरीलाई वेवास्ता गर्दे
जनता समाजवादी पार्टीले सयौंको संख्यामा भेला आयोजना गरेकोमा तराई मधेश वुहत लोकतान्त्रिक मोर्चाले आपत्ति जनाएको छ । मोर्चाकी संयोजक सरितागिरीले वक्तव्य जारी गर्दे समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रमको विरोध गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, हिजो असोज २६ सोमबारका दिन, कोरोनासंक्रमणको दौरान पर्सा जिल्लाको सखुवा पर्सौनी गाविस र उक्त गाविसको महुवन र औराहाम जनता समाजवादी पार्टीले सयौंको सङ्ख्यामा जनतालाई भेला गराइ आयोजना गरेको शुभकामना आदानप्रदान र पार्टी प्रवेश कार्यक्रमको हामी घोर विरोध गर्दछौँ ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लगायत पार्टीका वरिष्ठ नेताहरु सहभागी भएका थिए । कुनै पनि भेलाबारे सरकारले निर्धारण गरेको मापदण्डको जसपाले ठाडै उल्लङ्घन गरी जनताको स्वास्थ्यसँग खेलवाड गरेको मोर्चाले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्