‘आफ्नो बहिनीको रहस्यमय मृत्यु भएको भन्दै दाई पवन भुजलेद्वारा निष्पक्ष छानविनको माग’



काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर–७ गडौली सार्केटारका पवन भुजेलले आफ्नी १९ वर्षीया बहिनी पुष्पा भुजेलको रहस्यमयी मृत्यु भएको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पवनले यस्तो माग गरेका हुन् । उनले यही असोज १६ गते विहानीपख साँढे २ बजे आफ्नी बहिनीको रहस्यमयी मृत्यु भएको दाबी गरे । उनले भने, ‘यो रहस्मयमयी हत्या हो । यसको निश्पक्ष छानबिन हुनुपर्छ ।’ उनले घट्नामा कमलामाई नगरपालिका–२ चियाबारीका आफ्नै ज्वाँई अमन भनिने गोपी थापाको संलग्नता रहेको पनि दाबी गरे । र, हाल निज थापा अनुशन्धानको लागि प्रहरी हिरासतमा रहेको पनि उनले जानकारी दिए । पवनका अनुसार बहिनी पुष्पाले २०७७ असारमा गोपीसँग प्रेम विवाह गरेकी हुन् ।

घट्ना भएको मिति २०७७ असोज १५ गते दिउँसो बिहीबार बहिनीले आमालाई फोन गरेको पनि दाई पवनले सुनाए । उनले भने,‘घट्ना भएको अघिल्लो दिन बिहीबार दिउँसो बहिनीले आमासँग फोनमा कुरा गरेकी थिईन्, र भोलिपल्ट शुक्रबार भेट्ने कुरा थियो ।

बिहीबार साँझ ८ बजे बहिनीले ठूलो ममीको छोरालाई फोन गरेर दादा म भोलि तपाईकोमा आउँछु भनेकी थिईन् । हाम्रो ठूलो ममीको छोरा चोकमा डेरा गरेर बस्नुहुन्थ्यो, उहाँ पेशाले चालक हो । तर, असोज १६ गते साँढे २ बजे राति ज्वाँई भन्ने केटाले फोन गरेर पुष्पाको पेट फुलेको छ । श्वाँस फेर्न गाह्रो भएको छ । गाडी लिएर आउनु भनेर त्यही दाईलाई फेरि फोन गरेको छ । उहाँले त्यतिवेला मसँग बाईक पनि छैन् ।

अहिले गाडीपनि छैन् भनेर भन्नुभएको रहेछ । उहाँ एक जना चिनेकै सहचालकसँग चाबी मागेर साँढे २ बजे राति गाडी लिएर जानुभयो । जाँदाखेरि बहिनीको घरको बाटोअघि ज्वाँईसहित चार जना पुरुष, र एक जना महिलाले बहिनीलाई बोकेर ल्याएको र ती युवाहरु फिजिकल्ली मादक पदार्थ सेवन गरेको या अचेत अवस्थामा रहेको पनि दाईले बताउनुभएको छ ।’

अस्पतालको ईमर्जेन्सीमा पुर्याउँदा अस्पतालले एक्सपायर भैसकेको जानकारी दिएको उनले सुनाए । ‘अस्पताल परिसरमा पीडक पक्षका एक जना केटाले फोनमा कसैसँग पुष्पाले सुसाईड गरिन् भनेर बोलेको सुनेपछि मेरो दाईले सोध्नुभयो, अघि त विरामी भन्दै हुनुहुन्थ्यो, अहिले सुसाईड भन्दै हुनुहुन्छ, किन? भनेर सोध्दा तपाईं डराउनुहुन्छ भनेर त्यो युवकले रोएको नाटक गरेको पनि मेरो दाईले सुनाउनुभएको छ ।’

बहिनीको हत्या भएको लागेर दाईले त्यहीँबाट फोन गरेर आफूहरुलाई बोलाएको सुनाउँदै पवनले भने,‘ममी त बहिनीलाई देखेर बेहोस हुनुभयो । हामी विहानीपख ३ बजे अस्पताल पुगेका थियौं । मैले त्यतिनैखेर घट्नास्थलमा कतिखेर जाने ? प्रमाण नष्ट हुनु सक्छ भनेर अस्पतालमै हुने प्रहरीलाई आग्रह गरेको थिएँ । उहाँले ६ बजे पछि जाने भन्नुभयो । र, विहान सवा ६ बजेतिर मुचुल्का उठाउनको लागि प्रहरी घट्नास्थलमा पुगेको थियो ।’

उनले घट्ना सधैं सुत्ने कोठामा नभई अर्को कोठामा भएको र उक्त कोठामा ह्याण्डल पनि नभएको सुनाए । उनले भने,‘त्यो कोठामा चुकुलपनि छैन् । पूर्वपट्टीको वाल खुल्ला छ । बहिनीले खुट्टामा लगाएको पाउजु जस्तोको त्यस्तै छ । हातमा लगाएको रिङपनि हातमै छ, तर शरिरमा लगाएको गहना चाहीँ छरिएर रहेको अवस्था छ ।

नर्मल सल लाईटर लगाएर जलाईएको छ । सलपनि, दुई जनाले तानेर बीचमा आगो लगाएको जस्तो शेप छ । घटनास्थलमा बहिनीको गहना फुत्किएको अवस्थामा छ यस्तो प्रकृतिको घटना कसरी आत्महत्या हुनसक्छ ?’ पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता रोसा श्रेष्ठपनि सहभागी थिईन् ।

प्रतिक्रिया दिनुहोस्