काँग्रेसको चुनौतीपछि बाबुरामले भने : उच्चस्तरीय र निष्पक्ष छानवीन गरौं, सहयोग गर्न प्रतिबद्ध छु



काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि डा.बाबुराम भट्टराईले उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन् । पछिल्ला सरकारले कमिसनहरुको संलग्नता बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गरेका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दे प्रमाण सार्वजनिक गर्न चुनौति दिएपछि भट्टराईले ट्वीटरमा बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवभद्ध रहेको बताए ।

लेखेका छन्, मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरुको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु । त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु ।

प्रतिक्रिया दिनुहोस्