नेपाल चीन सीमा समस्याबारे स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् : भीम रावल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।

रावलले सोमबार बिहान ट्वीट गर्देै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्, रावलले भनेका छन् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि बस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ ।‘

प्रतिक्रिया दिनुहोस्