मन्त्रिपरिषदद्धारा महत्वपूर्ण ६ निकायमा नियुक्त गरिएका पदाधिकारीहरु :को कहाँ नियुक्त भए ?



नेपाल सरकारका सुचना तथा सन्चार मन्त्री युवराज ज्ञवालीले नेपाल मन्त्रिपरिषदको निणर्यहरु सार्वजनिक गरेको छ ।

सरकारको निर्णय अनुसार नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । गत असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

औषधी परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाई र दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्षमा डा, देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा।वशिष्ट प्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा, बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्