मन्त्री भट्टराईलाई कोरोना पुष्टि भएपछि भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा



काठमाडौं । नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड १९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री भट्टराई र राजदूत क्वात्राबीच शनिबार भेटघाट भएको थियो । त्यही दिन मन्त्री भट्टराईलाई ज्वरो आएको थियो ।

भारतीय दुतावासका अनुसार हालसम्म राजदूत क्वात्रामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी पूणै रुपमा स्वस्थ्य छन् । हाल उनले सबै कार्यक्रम तथा भेटघाट रद्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्