‘कृर्षिलाई परम्परा र मूल्य मान्यताको आधारमा अगाडि बढाउनुपर्छ’ : कृषिमन्त्री भुसाल



काठमाडौं । कुर्षि तथा पशुपक्षि विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा ६० वर्षदेखि समस्या थुप्रेको बताएका छन् । देशको कृषि सँस्कृति र परम्परा अनुसार नरहेको बताउँदै उनले ६० वर्षको अवधिमा ३० वर्ष विदेशी सहयोगमा निर्भर रहेको बताए । विदेशीले दिएको सहयोग र दानबाट कृर्षि सञ्चालन भएको भन्दै उनले जसले गर्दा कुर्षि क्षेत्र बिग्रिएको उनले बताए । नेपालको कुर्षि दाताबाट निकृष्ट रहेको र त्यसले गर्दा आफ्नो इतिहास, परम्परामा आधारित कृर्षि बनाउन नसकिएको उनको भनाइ छ ।

कुर्षिलाई पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अबको कृर्षिलाई परम्परा र मूल्य मान्यता आधारमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए । कृषि विभाग र खाद्यका लागि कृर्षि अभियानले ४० औं विश्व खाद्य दिवस २०२० को अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले किसानले किन उचित मुल्य पाउँदैन, कृर्षिमा आफूलाई किन सुरक्षित ठान्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

किसानको बच्चाले पनि राम्रो शिक्षा पाउनुपर्छ, किसानको छोरा छोरी तथा परिवारले राम्रो स्वस्थ्य पाउनुपर्छ भन्ने सोचका साथ अगाडि बढ्नुपर्ने बताउँदै उनले किसानका लागि सुनिश्चित बचत गर्नुपर्ने धारणा राखे ।

किसानले पनि आफ्नो जीवन बाँच्न पाउनुपर्ने गरि नीति र एन कानून बनाउनुपर्ने कुरामा जोड दिँदै मन्त्री भुसालले त्यसका लागि कृर्षि मन्त्रालयले कृर्षि ऐन तथा विभिन्न नीतिका साथै योजनाहरु बनाइरहेको जानकारी गराउ । उनले कृर्षिलाई ६० वर्षसम्म निकै मेहनताका साथ विगारेको बताउँदै त्यसलाई सुधार गर्नका लागि सोही अनुसारको मेहनत भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्