रुकुम पश्चिम हत्याकाण्ड : संसारकै पहिलो जातीय नरसंहार



रुकुम पश्चिम । चैरजहारी नगर पालिका वडा नम्बर-८ सोती गाउँमा जाजरकोट जिल्ला, भेरी नगर पालिका वडा नम्बर-४ राना गाउँका नवराज बि.क. र जिल्ला रुकुम पश्चिम ,चौरजहारी नगर पालिका वडा नम्बर-८ सोती गाउँ की सुषमा मल्ल बीचको प्रेम विवाहको विषयलाई लिएर ६ जना दलित युवाहरुको ज्यान जानेगरी जुन हत्याकाण्ड घटाइयो ।

त्यो हत्याकाण्ड संसारकैै पहिलो जातीय नरसंहार भएको हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ठहर गर्दछ।

इतिहासदेखि नै संयुक्त राज्य अमेरिका , दक्षिण अफ्रिकी मुलुकहरुमा श्वयत र अश्वयतका बीचमा रंगको आधारमा अत्यन्तै चर्को जातीय बिभेद रहदै आएको तथ्य जगजाहेर नै छ ।

त्यस्तै दक्षिण एशियाली मुलुक भारत र नेपालमा छुत र अछुत जातिका बीचमा , ठूलो जाति र सानो जातिका बीचमा , उच जाति र नीच जातिका बीचमा , माथिल्लो जाति र तल्लो जातिका बीचमा चरम जातीय विभेद रहदै तथ्य पनि जगजाहेर नै छ । साथै दक्षिणी एशियाली देश भारत र नेपालमा सबैभन्दा बढी जातीय विभेद र उत्पीडन कायमै छ ।

ब्राह्मणवादी जातीय अहंकारले नेपालका आदिवासीजनजाति तथा दलित समुदायमाथि चरम विभेद र जातीय उत्पीडन कायम रहदै आएको छ ।

यिनै मानवजातिकै कलंकका रुपमा रहेको जातीय विभेद र रंगभेद नीतका कारण संसारका विभिन्न उत्मुपीडक जातिहरुद्वारा इतिहासदेखि नै हिंसा , हत्या , आतंकका कहालीलाग्दा घटनाहरु प्रसस्तै मात्रा नघटाइएका होइनन् ।

तर रुकुम पश्चिम चौर जहारी नपा – ८ सोती गाउँमा नवराज बि.क. र सुषमा मल्ल बीचको प्रेम विवाहको विषयलाई लिएर सुनियोजित रुपले घटाइएको हत्याकाण्डलाई विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुक‍ो छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यश हत्याकाण्डलाई संसारकै पहिलो हत्याकाण्ड भएको ठहर गरेको छ ।

हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विश्व क्रान्ति सम्पन्न भएर विश्व मानव समुदाय वैज्ञानिक समाजवाद हुदै वैज्ञानिक साम्यवादमा पुगे पछि मात्र यस प्रकारका जातीय विभेद र उत्पीडन तथा वर्गीय विभेदहरु अन्त्य भएर सभ्य , सुन्दर र समानतामूलक मानव समाजको स्थापना हुने मालेमावादी सिध्दान्तलाई स्वीकार गर्दछ । क्रान्तिकारी अभिवादन सहित ।

प्रतिक्रिया दिनुहोस्