
काठमाडौं । डा. गोविन्द केसीले १९औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा.केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे मागहरु राख्दै डा.केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनम काठमाडौं ल्याइएको थियो ।





