सरकारले पार्टी बनाएको होइन, पार्टीले सरकार बनाएको हो : अध्यक्ष दाहाल



नेपाल कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले सरकार पार्टीले बनाएकोले पार्टीप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

कालिका एफएम को समय सन्दर्भ कार्यक्रममा बोल्दै पार्टीमा निर्णय गरेका बुदाहरु कार्यान्वयनमा अलमल भएको जस्तो देखिन्छ, त्यसलाई अन्त्य गर्नुपर्छ । प्रधानमन्त्रीले अधिकार प्रयोग गर्दा कर्तब्य भुल्न नहुने बताउँदै पार्टीसंग समन्वय गरेरमात्र अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेकपाका पछिल्ला गतिविधिबारे परिमाणमुखी निष्कर्ष नदेखिएको हुनाले केही नभएको जस्तो देखियो । एउटा खालको जुन जटिल स्थिति पार्टीमा देखा परेको थियो त्यस्को चाहीँ अहिले अन्त्य भएको छ । बैठकबाट पारित दस्तावेज र त्यसका सकूर्लरहरु तल जिल्लाहरुमा अध्ययन गर्दैछन् , विभिन्न प्रदेशका बैठकहरु पनि बस्दै छन्, र मुख्य अहिले जनवर्गीय संगठनका केन्द्रका केही काम बाँकी छन् भने अहिलेको मुल काम भनेको चाहीँ पार्टी सदस्य एकीकरण हो । बागमती प्रदेशमा हामी यो महिनाभित्र पार्टी सदस्य एकीकरण गरिसक्छौ।


नेपाल कम्युनिष्ट पार्टी नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले दिएको अडियो लिङ्क

"पार्टी एकता असोजभित्रै टुंिग्गन्छ-दाहाल"कार्यक्रम:- समय सन्दर्भअतिथि:- नारायण दाहाल,नेकपा नेता प्रस्तोता:- अनिल भट्टराईप्राविधिक:- ममता गुरूङ

Posted by Kalika FM on Thursday, 8 October 2020

प्रतिक्रिया दिनुहोस्