‘प्रम ओलीले मन्त्रिपरिषद् पुनर्गठन तिर भन्दा पार्टी एकीकरणलाई अन्तिम रुप दिन ध्यान दिए अझ राम्रो’ : नारायण दाहाल



काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको २ वर्ष तीन महिनापछि गत भदौ २६ गते असोज महिना भित्रै एकताका बाँकि काम सम्पन्न गर्ने नेकपा ३ नम्बर प्रदेश अध्यक्ष नारायण दाहाल ले जनाएका छन् ।

कालिका एफएम को समय सन्दर्भ कार्यक्रममा अन्र्तरवार्ता दिने क्रममा दाहालले आगामी चैत्र २५ देखि ३० गते सम्म नेकपाको संयुक्त महाधिवेशन हुने जानकारी गराएका छन् । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डद्धारा हस्ताक्षर अन्तर पार्टी निर्देशनमा एकताका काम तत्काल सम्पन्न गर्ने समेत प्रतिक्रिया दिएका छन् ।

गत ६ असोजको सचिवालय बैठकले २ अध्यक्ष ओली र प्रचण्ड सहित महासचिव विष्णु पौडेलले १० दिन भित्र एकताको अन्तिम खाका तयार पारिसकेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिहरु हेरफेर तिर मात्र ध्यान नदिएर एकताका बाँकी कार्यभारलाई अन्तिम रुप दिन नेकपा अध्यक्ष प्रचण्ड छलफल गरिरहेको दाहालले बताएका छन् । कुन कुन मन्त्रिहरु फेरिदैछन् त ? भन्ने जवाफमा उनले थपे ‘‘त्यो कुरा दुई अध्यक्षको र स्थायी कमिटीको निर्णय नेै अन्तिम निर्णय हुनेछ त्यस बारेमा मैले प्रतिक्रिया दिन उचित ठानिन’’ । राजनितीक नियुक्ति जो प्रधामन्त्रिले गर्नु भयो त्यसमाथिको छलफल पनि बाँकि नै छ अव पार्टीभित्रको आन्तरिक र महाधिवेशन तर्फ केन्द्रित हुने नेकपाको तयारी अलि परिपक्व भएन कि ? पार्टीमा निर्णय गर्नलाई मात्र निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृति नेकपामा देखिएको छ, उनले थपे ।

नेकपाका पछिल्ला गतिविधिबारे परिमाणमुखी निष्कर्ष नदेखिएको हुनाले केही नभएको जस्तो देखियो, र हो पनि, एउटा खालको जुन स्थिति पार्टीमा देखा परेको थियो त्यस्को चाहीँ अहिले सटडाउन भएको छ । त्यो स्थितिको अन्त भएको छ, र बैठकबाट पारित दस्तावेज र त्यसका सकूर्लरहरु तल जिल्लाहरुमा अध्ययन गर्दैछन् , विभिन्न प्रदेशका बैठकहरु पनि बस्दै छन्, र मुख्य अहिले जनवर्गीय संगठनका केन्द्रका केही काम बाँकी छन् भन,े अहिलेको मुल काम भनेको चाहीँ पार्टी सदस्य एकीकरण हो ।

बागमती प्रदेशमा करिब करिब हामीले चाहीँ यो महिनाभित्र पार्टी सदस्य एकीकरण गरीसक्छौ, चर्चामा रहेको मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायका जुन नियुक्तिहरु छ त्यो छलफलमै भएको हुनाले परिमाण नल्याएको त्यो सत्य हो, यसमा मैले भन्नु पर्दा चाहीँ नेतुत्वमा आत्मा शक्ति हुन प¥यो , आत्मा विश्वास अझै नभएको हो कि ? ड्याम्म आटेर पार्टी निमार्ण गर्ने होकि आफ्ना मान्छे निर्माण गर्ने हो, यसमा अझै दुविधा छाएको छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्