तुलसीपुर उपमहानगरपालिकाको वडाध्यक्षको मृत्यु



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ ।

६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अलिअलि रुघाखोकी र ज्वरो आएको हँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउादै थियों, छोरा पोषण न्यौपानेले भने, अस्पताल पु¥याउन साथ चिकित्सकले उहाँलाइृ मृत घोषणा गरिदिए ।

छोरा न्यौपानेका अनुसार उनका बुवालाई विगत ३ ४ दिन यतादेखि सामान्य खोकी लागे पनि ज्वरो भने आएको थिएन ।

प्रतिक्रिया दिनुहोस्