भरत पौडेल बने परराष्ट्र मन्त्रालयका सचिव



काठमाडौं । भरत पौडेल परराष्ट्र मन्त्रालयका सचिव भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो ।

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन् । यसअघि सरकारले परराष्ट्र सचिव शंकरदार बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए ।

पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए ।

प्रतिक्रिया दिनुहोस्