पक्राउ परे गुण्डा नाइके ‘राधे’



काठमाडौं । राधे उपनामले चिनिने गुण्डा नाइके राधाकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरुद्ध प्रहरीले आज मद्दा दर्ता गर्न लागेको हो ।

सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि आज मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

सार्वजनिक शान्ति भंग गरेको विषयमा आज मुद्दा गर्ने तयारी छ, उनले भने । सिद्धलेक गाउँपलिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप राधेमाथि छ । राधेको समूहले धादिङमा अवैध रुपमा बालुवा निकाल्ने गरेको थियो ।

जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ । जनप्रतिनिधिमाथि धम्की दिएको भन्दे राधेविरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्