ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जाकारी दिए ।

दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए । गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्