
काठमाडौं । सरकारी वार्ता टोली र अनशनरत डा.गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औपचारिक वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा वार्ता टोलीका सदस्य डा.लोचन कार्कीले जानकारी दिए ।
डा.केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन् । अनसनको २४ दिनमा सरकारले बुधबार दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो ।





