लागु औषधका फरार अपराधी पक्राउ



विराटनगर । लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । गत असार ३ गते जिल्ला अदालत मोरङले १८ दिन कैद र २००० रुपैयाँ जरिवाना घोषणा गरेपछि फरार अभियुक्त बुधबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–१५ का ३७ वर्षीय राजु पासमान रहेका छन् । उनी लागूऔषध (डाईलेक्स डिसी ४ बोतल) मुद्दामा दोषी ठहरीएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रनाउ मान बहादुर राईले जानकारी दिए ।

पक्राउ परेका पासमानलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङलाई बुझाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्