७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ



काठमाडौं । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरुष पक्राउ परेको छ । पक्राउ पर्ने पुरुष दाङ घोराही नगरपालिका ४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ ।

बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए । स्थानीयले देखेपभिछ ती बालिकाको उद्दार गरिएको थियो ।

बालिकाको उद्दारपछि स्थानियले विकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । स्थानियले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस्