प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकिया सुरु : उजुरी दिन संसदीय समितिको आह्वान



काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु भएको छ । संसदीय समितिले प्रकृया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।

आज बसेको समिति बैठकले भोलीबाट लागु हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा.युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा.निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो ।

संसदीय समितिको कार्यविधि २०७५ को दफा १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्