बिबि गुरुङ र मनमाया वाईवाको स्वरमा ‘बाँसैको चोयाले’



काठमाडौं । ‘बाँसैको चोयाले’ वोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । चर्चित गीतकार, संगीतकार तथा लोक तथा दोहोरी उपत्यका सम्व्नय समितिका अध्यक्ष सुजन लम्सालको शब्द तथा संगीतमा ‘बाँसैको चोयाले’ वोलको गीत तय भएको हो ।

गीतमा कल्चरल ताथ चर्चित गीत ‘फूल जस्तै’ का गायक बल बहादुर गुरुङ (बिबि) र कल्चरल गायिका मनमाया वाईवाको सुमधुर स्वर रहेको छ । यो गीत बिबि गुरुङ र सुजन लम्सालको दोस्रो सहकार्य हो ।

कोरस भोकलमा गायिका गीता सेन्चुरी, सरु थापा, गायक गंगा पुन, सुखदेव अधिकारीले स्वार दिएका छन् । गीतलाई कृष्ण बिकले संगीत संयोजन गरेका हुन् ।
मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीलाई सुमन रानाले टेक लिएका हुन् भने मास्टरिङ तथा मिक्सिङ कुमार रानाले गरेका हुन् ।

‘बाँसैको चोयाले’को म्युजिक भिडियोतर्फ पुरानै टीम दोहोरीएका छन् । जसमा निर्देशक मौसम हिमालीले भिडियोलाई निर्देशन गरेका छन् । हिमालीले अघिल्लो गीत ‘फूल जस्तै’मा पनि निकै उत्कृष्ट निर्देशन गरेका थिए । निर्देशक हिमालीले मोडलद्वाय निर आले र रुबिना अधिकारीलाई छमछमी नचाएका छन् ।

म्युजिक भिडियोलाई चर्चित छांयाकार करन चैसिरले छांयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । यस ‘बाँसैको चोयाले’ वोलको गीतलाई बिबि गुरुङ युट्युव च्यानलबाट सम्पुर्ण दर्शक तथा स्रोतामाझ सार्वजनिक गरिएको छ ।

भिडियो लिंक :

प्रतिक्रिया दिनुहोस्