कटुवा पेस्तोल सहित २ जना मानिस पक्राउ



काठमाडौं । नरैनापुर गा.पा.५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डबाट कटुवा पेस्तोल २ थान र गोली ५ सहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँके नेपालगंज -उपमहानरपालिका वडा नं. २० मनिकापुर बस्ने बर्ष ६२ को सलिम नाँउ र सोही उपमहानगरपालिका. वडा नं.१९ बासुदेबपुर बस्ने बर्ष ३३ को ईब्राहिम बेहना रहेका छन् ।

बाँके नरैनापुर गा.पा.५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्र.नि.बसन्त गौतमको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ईब्राहिम बेहनाले संकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटुवा पेस्तोमा लाग्ने गोली ५ राउण्ड फेला पारी निजहरुलाई पक्राउ गरेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्