
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणसहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमाथि चलिरहेको सुनुवाई कोरोना महामारीका कारण स्थगित भएको हो ।
सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ३ दिनदेखि अदालतको सेवा प्रधावित हुँदै आएको छ । यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई भएको थियो ।





